कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।जिल्लाको जोशीपुर गाउँपालिका–४ बस्ने २६ वर्षीय शंकर चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

छिमेकीको घरमा वत्ती बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 


२७ असोज २०७८, बुधवार ११:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु