punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हाँसेका आँखाहरु…..

Chaupati
safha napa

शुभ प्रभातमा तिम्रा कामनाहरुसंगै मैले आँखा खोल्दा
मुटुभरी संगाली तिमीलाई फेरि साधुवाद फेर्न मन लाग्छ
यस्तो आभाषले ओतप्रोत सुमधुर बाणी तिमीले बोल्दा
हाँसेका ती आँखाहरु तिम्रा फेरि फेरि हेर्न मन लाग्छ ।

पलहरुले जुराएको पलहर मिलाएको साथ यो सोच्दा
पलपल तिमीसंगै हर पलहरुबाट फेरि तिमीलाई चोर्न मन लाग्छ
अनुपम भाव समर्पित जीवन रहस्य यो तिम्रो र मेरो खोल्दा
हाँसेका ती आँखाहरु तिम्रा फेरि फेरि हेर्न मन लाग्छ ।।

तिमी छौ र म छु,छाम मेरो मुटुलाई, कति माया गर्छु भन्दा
नबुझे जस्तो माया मेरो तिमीलाई फेरि फेरि बुझाउन मन लाग्छ
तिम्रो मिलनको चाहमा सपनीमा पनि तिमीलाई नै देख्दा
हाँसेका ती आँखाहरु तिम्रा फेरि फेरि हेर्न मन लाग्छ ।।।


२३ असोज २०७८, शनिवार १७:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु