punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतबाट खरिद गरेको कोभिशिल्ड खोप ७ महिनापछि आइपुग्यो

Chaupati
safha napa

सरकारले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको कोभिशिल्ड खोप ७ महिनापछि आइपुगेको छ। गत फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिशिल्ड खोप आज नेपाल आइपुगेको हो।

सरकारले सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो। जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप ७ महिनापछि बल्ल आएको हो। खरिद गरेको सात महिनापछि बाँकी १० लाख डोज खोप शनिबार नेपाल ल्याइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप बोकेर आएको जहाज अवतरण गरेको थियो।

खरिदको खोप आएपछि मन्त्रालयले उक्त कोभिशिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी गरेको छ।


२३ असोज २०७८, शनिवार १६:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु