धनगढीमा नौ हजार बढीले कोभिडविरुद्धको पहिलो खोप लगाए
धनगढी उपमहानगरपालिकाका १९ वटा वडामा आइतबार ९ हजार ३८२ जनाले कोभिड–९ विरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाएका छन् ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट ५ हजार ६८७ महिला र ३ हजार ६९५ पुरुष गरि ९ हजार ३८२ जनाले कोभिड–१९ विरुद्धको भेरोसिल खोप लगाएको बताए ।
यस अघि उपमहानगरपालिकाका १९ वडाको २२ स्थानमा आज पनि खोप लाउने भनिएको भएता पनि सोमबार (आज) उपमहानगरपालिकाको ८ वटा वडामा मात्रै खोप लाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख बोहराले बताए ।
खोपको लागि ४५ वर्षभन्दा माथिका नागरिक र १८ वर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीहरू मुख्य प्राथमिकतामा रहेको बताउँदै बोहराले उपमहानगरपालिकाका २, ४, ७, १२, १३, १४, १८ र १९ नम्बर वडामा आज खोप लगाइने बताए ।
उपमहानगरपालिकाका मेयर नृपबहादुर वडाले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पुर्ण वडा बासीलाई अनुरोध गरेका छन् । उनले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे ।

११ असोज २०७८, सोमवार १५:५० बजे प्रकाशित













