खाेरभित्र पसेर चितुवाले २३ खसी–बाख्रा मार्‍याे

बर्दियाको गुलरिया नगरपालिका ५ सन्तोषी टोलमा रहेको बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ खसी–बाख्रा चितुवाले मारेको छ ।

खोरभित्र बाँधिएका २३ खसी–बाख्रालाई चितुवाले मार्दा झन्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए । नजिकैको सामुदायिक वनबाट आएको चितुवाले गए राति सबै खसी–बाख्रा मारेको पौडेलले बताए ।

सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृत अवस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक  गोपाल पौडेलले जानकारी दिए ।


११ असोज २०७८, सोमवार १५:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु