punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पालिकाका कार्यालय भाडाका घरमा

Chaupati
safha napa

स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्न लागेको छ । तर अछामका स्थानीय तह र वडा कार्यालयका आफ्ना छुट्टै भवन नहुँदा कार्यसम्पादनमा समस्या भएको छ । स्थानीय तहका कार्यालयहरू भाडाकै घरमा सञ्चालन छन् ।

वडा कार्यालय गाउॅका साँघुरो भाडाको घरबाट सञ्चालन भइरहेका छन् । आफ्नो भौतिक संरचना नभएपछि जिल्लाका मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका र मेल्लेख गाउॅपालिका बाहेक अन्य ७ स्थानीय तहका कार्यालय भाडाको घरमा कार्यालय सञ्चालन गर्न बाध्य छन् ।

जनप्रतिनिधिको पहिलो प्राथामिकतामा सवारी साधन, सडक निर्माण अन्य योजना परेकाले गाउँपालिका, नगरपालिका र वडा कार्यालयका भवनलगायतका पूर्वाधार निर्माणमा ध्यान जान नसकेको स्थानीयको भनाइ छ ।

साविकका गाउॅ विकास समितिका कार्यालय भएका वडामा केही स्थानमा वडा कार्यालय निर्माण सुरु भएका छन् भने धेरै वडा कार्यालय भाडाको घरमा छन् । गाउॅमा कार्यालयलाई उपयुक्त हुने घर नहुॅदा काम चलाउ वडा कार्यालयबाट पालिकाको दैनिक कार्य सञ्चालन भइरहेको हो । गाउॅमा कोही मानिस आउँदा वडा कार्यालयमा बस्ने ठाउॅसमेत नभएको पञ्चदेवल विनायक नगरपालिका–१ की जीवना रेग्मी बताउँछिन् ।

‘बाहिरका मान्छे वडासम्म काम विशेषले छलफलका लागि आउँदा आफैंलाई लाज लाग्छ । बस्ने ठाउँसमेत हुॅदैन,’ उनले भनिन् ‘कहिलेकाही गाउॅका महिलाले बाहिरबाट मान्छे आएको थाहा पाउॅदा स्थानीयले सञ्चालन गरेको सहकारीको हल दिन्छौं ।’

गाउँमा आवश्यक नभएको ठाउँमा जथाभावी सडक निर्माण गरेर बजेट सक्नुभन्दा वडा कार्यालय बनाउनुपर्ने उनको भनाइ छ । ‘कच्ची घरको धुलोले कार्यालयका सामान पनि लामो समय टिक्न सकेका छैनन् न त कार्यालय नै व्यवस्थित छ । झुपडीमा कार्यालय सञ्चालन भइरहेको छ’ उनले भनिन् ।

भवनलगायत पूर्वाधार अभावले वडाबाट सेवाग्राही आउँदा भीड हुने, चुस्त सेवा दिन गाह्रो हुने गरेको पञ्चदेवल विनायक–१ का वडाध्यक्ष लक्ष्मिकान्त देवकोटा बताउँछन् । कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा गरेअनुसार जोस, जॉगरले काम गर्न कठिनाइ भएको देवकोटाले बताए ।

‘कार्यालयमा उभिने ठाउँ नै हुॅदैन’ उनले भने, ‘वडा कार्यालय निर्माणको लागि जग खन्ने काम पोहोर साल नै भएको हो । केही स्थानीयले विवाद गरेर वडा कार्यालय निर्माणको काम अघि बढ्न सकेको छैन ।’ जनप्रतिनिधिले काम गरेनन् भनेर मात्रै दोष दिने गरेको र स्थानीयबाट सहयोग नभएको उनले बताए ।कान्तिपुरबाट


११ असोज २०७८, सोमवार १५:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु