गौरीगंगाका नगरप्रमुख देउवा कै वडाका वडाध्यक्ष ले रोजे एकीकृत समाजवादी पार्टी
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दलबहादुर कुमालले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । सोमबार धनगढी स्थित निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन ।
नगरप्रमुख भीम बहादुर देउवाको समेत रहेको वडाका वडाध्यक्ष सहित अन्य सदस्यहरू ले एकीकृत समाजवादीमा सनाखत गरेका हुन । नगरप्रमुख प्रमुख देउवा निकट रहेका वडाध्यक्ष कुमालले उनको साथ छोडेका छन् ।
गौरीगांगमा एमाले बाट चुनाव जितेका अधिकांश वडाध्यक्षहरू समाजवादी पार्टी तिर लागेको एकीकृत समाजवादीका नेता विमल जोशीले जानकारी दिए ।नेकपा एकीकृत समाजवादी पार्टीका सुदूरपश्चिमका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीको निर्वाचन क्षेत्र समेत गौरीगंगा नगरपालिका पर्छ ।
प्रतिगमनका पक्षमा नगरप्रमुख लागेको भन्दै निकट वडाध्यक्ष धमाधम समाजवादी पार्टीमा लागेको बताएका छन् ।यस अघि गौरींगंगा २ का वडाध्यक्ष जनक साउँद, ५ का वडाध्यक्ष जंग विक लगायत अधिकांश जनप्रतिनिधिले सनाखत गरिसकेका छन् ।
२१ भदौ २०७८, सोमवार १४:०५ बजे प्रकाशित































