punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल बनेको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सांसदको संख्या १४ पुगेको छ । यससँगै प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको हो ।

सुदूरपश्चिममा थप ३ सांसद एसमा, अझै बढ्ने दाबी गत सोमबार १० सांसदले एकीकृत समाजवादी रोजेका थिए भने आइतबार (हिजो) ३ सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । त्योसँगै १३ सांसद पुगेका एकीकृत समाजवादीमा सोमबार (आज) माया  तामाङ बोहराले सनाखत गरेसँगै १४ सांसद पुगेका हुन् ।

प्रदेशमा एमालेसँग कूल २४ (सभामुखबाहेक) सांसद थिए । जसमा १४ सांसदले एकीकृत समाजवादी रोजेसँगै एमालेसँग १० सांसद बाँकी छन् ।निर्वाचन कार्यालयले सनाखत गर्ने म्याद २२ गतेसम्म तोकेको छ । यसबीचमा सांसदहरुले दल रोज्न पाउनेछन् । यसै प्रावधानअनुरूप अहिले सांसदहरुले दल रोजिरहेका छन् ।


२१ भदौ २०७८, सोमवार १४:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु