सेती अस्पतालमा २० जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८१ नमुनाको कोरोना परीक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
जसमध्ये ६ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
२१ भदौ २०७८, सोमवार १३:५३ बजे प्रकाशित













