punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निजामती सेवा दिवशमा धनगढीमा वृक्षारोपण

Chaupati
safha napa

आठौँ निजामती सेवा दिवसको अवसर पारेर धनगढी उपमहानगर पालिका को वडा ७मा रहेको देवरिया सामुदायिक बन उपभोक्ता समूहमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।

“व्यावसायिक र सृजनशील प्रशासन र बिकास समृद्धि र सुशासन भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसूदन बुर्लाकोटीको प्रमुख आतिथ्यातामा निजामती सेवा दिवस बृक्षारोपनण कार्यक्रम गरिएको हो ।कार्यक्रम मा बोल्दै प्रमुख सचिव बुर्लाकोटिले विभिन्न दिवसको अवसर पारेर तथा अभियानकै रूपमा समेत वृक्षारोपण गरिँदै आएको छ ।

पछिल्लो समय बिरुवा रोप्ने काम फेसनकै रूपमा देखा परेको छ ती वृक्षारोपण गरिएका बिरुवालाई राम्रो सङ रेखदेख गरी लगाएका बिरुवा शत प्रतिशत बिरुवा हुर्कनु पर्दछ भन्ने जोड दिए , बिरुवा लगाउनु ठुलो होइन त्यस लाइ जोगाउन ठुलो कुरा हो वृक्षारोपण धेरै सघं संस्थाले गरेको पाइन्छ तर जोगिएको पाइँदैन हामी जसरी भय पनि अरूले भन्दा राम्रो , सृजनशील , मिहेनत गरेर काम गर्नु पर्छ ।

कार्यक्रममा प्रदेश रहेका विभिन्न मन्त्रालयका सचिवज्यूहरू , प्रमुख जिल्ला अधिकारी ,कैलाली जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरू लगायतका निजामती कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम को व्यवस्थापन डिभिजन वन कार्यालयका धनगढी प्रमुख रामचन्द्र कँडेलले गर्नु भयको थियो भने बिरुवा डिभिजन बन धनगढीले उपलब्ध गराएको हो , वृक्षारोपणमा मसला , टिक , रुद्राक्ष , श्रीखण्ड लगायतका करिब एक हजार बिरुवा लगाएको छ ती बिरुवा वन क्षेत्रमा रोपिन्छ पनि ।

तर, यसरी रोपिने बिरुवा कति बाँचे र कति मरे भन्ने यकिन तथ्याङ्क भने कुनै निकायले राख्दैनन् भन्ने प्रश्नमा सामुदायिक बनका अध्यक्ष भजन रानाले वृक्षारोपण गरिएको ठाउँमा तारबार र पशु चौपाया निदेश गरियो , साँझ बिहान रेखदेख गरियो भने बिरुवा बचाउन सकिन्छ ।

जोसुकैले वृक्षारोपण गर्ने हुँदा न लगाउने तरिका मिल्छ, न त लगाएका बिरुवाको अवस्थाबारे हेरफेर गरिन्छ । जसका कारण बर्सेनि रोपिने लाखौँ बिरुवामध्ये मुस्किलले आधा मात्रै जोगिन्छन् । बिरुवा वृक्षारोपण गरिएको बिरुवा को समय समयमा अनुगमन ,अवलोकन ,रेखदेख गरियो भने मात्र वृक्षारोपण कार्यक्रम सफल हुनेछ ।


२१ भदौ २०७८, सोमवार १३:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु