punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट देशभर कति पत्रकारले गुमाए ज्यान ? यस्तो छ महासंघको तथ्यांक

Chaupati
safha napa

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा २३ जना पत्रकारले ज्यान गुमाएका छन् ।

नेपाल प्रेस इन्टिच्यूटले आयोजना गरेको मिडियामा कोभिडको असरसम्बन्धी राष्ट्रिय कार्यशालामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोनाका कारण २३ जना पत्रकारको मृत्यु भएको जानकारी दिएका हुन्।

साथै एक हजार बढी पत्रकारले आफन्त गुमाएका छन् । कोरोनाका कारण केही उद्योग तथा व्यवसाय बन्द भए पनि मिडिया क्षेत्र जसोतसो चलिरहेको उनले बताए । कार्यशालामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले प्रदेश तथा स्थानीय सरकारले मिडिया तथा सञ्चार क्षेत्रका लागि सघाउने काम गरिरहेको बताए ।

इन्स्टिच्यूटका कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सातै प्रदेशका नेपाल पत्रकार महासंघका प्रादेशिक अध्यक्षले तयार पारेको अनुसन्धानमूलक कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।


१६ भदौ २०७८, बुधवार १५:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु