कैलाली बहुमुखी क्याम्पसका बीएएलएलबीका विद्यार्थीद्धारा परीक्षा सार्न माग
कैलाली बहुमुखी क्याम्पसका बीएएलएलबीका विद्यार्थीहरूले तीनबुदे माग राख्दै क्याम्पस प्रशासनलाई पत्र बुझाएका छन्। बुधवार विद्यार्थीहरूले तीनबुदे माग राख्दै क्याम्पस प्रमुखलाई पत्र बुझाएका हुन्।
कोभिडले पढाई प्रभावित भएका बेला पठनपाठन नै नगरी परीक्षा गरिन लागेको भन्दै बीएएलएलबी प्रथम सेमेस्टरको परीक्षा सार्नुपर्ने मागसहित क्याम्पस प्रशासनलाई पत्र बुझाइएको अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थी नेता गणेश जोशीले बताए।
सुदूरपश्चिममै पहिलो पटक पढाई भइरहेको बीएएलएलबीको परीक्षामा नेपाली र अंग्रजीमध्ये भाषा छान्न पाउनुपर्ने र चाँडो सबै पुस्तक उपलब्ध गराउनुपर्ने मागहरू रहेको उनले बताए।
यस्तै ३ दिनका लागि क्याम्पसलाई समय दिइएको र उक्त मागहरू सम्बोधन नभएमा क्याम्पसमा तालाबन्दी गरिने पारस कठायतले बताए। १६ जना विद्यार्थीले बुधवार तीनबुदे मागसहित पत्र बुझाएका हुन्।
१६ भदौ २०७८, बुधवार १५:२७ बजे प्रकाशित































