punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाका कारण हाँस्य कलाकार शम्भुराज थापाको निधन

Chaupati
safha napa

विभिन्न टेलिफिल्ममा अभिनय गरेका हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना संक्रमणका कारण शनिबार बिहान निधन भएको छ । झण्डै एक महिनादेखि पाटन अस्पतालमा उपचाररत ६४ वर्षे थापाको शनिबार बिहान ४ः४० मा निधन भएको हो ।

थापाले टेलिफिल्म ‘हल्का रमाइलो’, ‘गोलमाल’, ‘भद्रगोल’, ‘मह सञ्चार’, ‘मेरी बास्सै’लगायतका टेलिफिल्ममा अभिनय गरेका थिए ।

उनले केही टेलिभिजन र विज्ञापनमा समेत अभिनय गरेका थिए । उनको परिवारमा श्रीमति, एक छोरो र एक छोरी छन् । सामाजिक सञ्जालमार्फत कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


५ भदौ २०७८, शनिवार १०:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु