बैतडीमा नदीले बगाउँदा एक जना बेपत्ता
सुर्नया नदीमा बगेर आज एक जना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।
दिउँसो १ बजेतिर सुर्नया तर्ने क्रममा स्थानीय जयते खोला नजिकबाट साउद बेपत्ता भएका हुन्। बेपत्ता साउँदको प्रहरी र स्थानीयले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। केही दिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ।
५ भदौ २०७८, शनिवार १०:३४ बजे प्रकाशित































