बाजुरामा पहिरोले मिनी ट्रक पुरिएपछि
बाजुरामा सडक माथिबाट पहिरो जाँदा मिनि ट्रक पुरिएको छ। जिल्लाको जगन्नाथ गाँपालिकामा –५ रिठामा सडक माथिबाट पहिरो खस्दा ट्रक पुरिएको हो।
कर्णाली प्रदेश ०१ ख २३६ नम्बर ट्रक माथि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।ट्रक पुरिएको र मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।
५ भदौ २०७८, शनिवार १०:२८ बजे प्रकाशित































