punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा बुधबार २ सय ९३ कोरोना संक्रमित थपिए

Chaupati
safha napa

धनगढी  । सुदूरपश्चिम प्रदेशमा बुधबार २ सय ९३ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा १ सय ९२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर बिधिबाट सेती प्रादेशिक अस्पतालमा ५४ जना, महाकाली अस्पतालमा २१, डडेल्धुरा अस्पतालमा ४०, डोटी अस्पतालमा २७, बझाङ अस्पतालमा २२ र कमलबजार अस्पतालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । बुधबार पिसिआर बिधिबाट ६ हजार ४४ र एन्टिजेन विधिबाट ९ सय २० नमूनाको कोरोना परिक्षण गरिएको थियो । यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४३ हजार ३ सय ४६ पुगेको छ ।

जसमध्ये ३२ हजार २ सय ७० जनाले कोरोना जितेका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ३ जनाले कोरोना जितेका छन ।

बुधबार कोरोना संक्रमणबाट सुदूरपश्चिममा ६ जनाको मृत्यु भएको छ । जसमा बाजुरा, डडेल्धुराका २र२ जना, कञ्चनपुर र कैलाली १र१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय १२ पुगेको छ ।


१९ जेठ २०७८, बुधवार १९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु