घाँटीमा लिचीको दाना अड्किदा एक नाबालकको मृत्यु
कञ्चनपुरमा एक नाबालकको घाँटीमा लिचीको दाना अड्किदा मृत्यु भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनने बालक वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो घाँटीमा लिचीको दाना अड्किएपछि उनलाई महाकाली अस्पताल लगिएको थियो। उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
२० जेठ २०७८, बिहीवार ०९:२९ बजे प्रकाशित































