मध्यरातमा मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केही बेरमा बैठक सुरु हुन लागेको हो ।

राष्ट्रपतिले नया सरकार गठनका लागि नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दावी पेश खारेज गरिदिए पछि मन्त्री परिषद बैठक बोलाइएको हो ।

शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपतिले दिएको सयममा विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १ सय ४९ सांसदको समर्थन रहेको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएका थिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पनि  १ सय ५३ सांसदको आफूलाई समर्थन रहेको भन्दै आफ्नो दावी पेस गरेका थिए ।तर राष्ट्रपति कार्यालयले दुबै पक्षको दावी नपुगेको भन्दै दुबैजनालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको बताएको छ ।


८ जेठ २०७८, शनिवार ००:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु