punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सलामी

Chaupati
safha napa

घाटमा जल्न लामबद्व लासहरु थिए
महाब्याधीले ज्यान गुमाएका
एउटै गाउँका
तीमध्ये एक भन्दै थियो
पर्ख पर्ख म जल्दिन
म जल्दै जल्दिन
मलाई यो चितामा नसुताउ
त्यसै छोड मर्लाई
उठ्न देउ मलाई

लाइनमा अरु पनि लासहरु छन्
दाहसंस्कार गर्नुपर्ने
दिन ढल्दैछ साझ पर्दैछ
यो लास त जल्दै जल्दैन
मलामीहरु आत्तिए
के गर्ने के गर्ने भए

पछाडिबाट एउटा लासले भन्यो,
उहाँ मुखिया हो
उहाँ आफ्नै ढिपिको हुनुहुन्थ्यो
सलामी नखाएसम्म उहाँ कतै
हलचल नै गर्नु हुन्थेन
अरुलार्ई बाटै छोड्नु हुन्थेन
यहाँ पनि सलामी खोज्दै हुनुहुन्छ
उहाँका लागि सलामीको व्यवस्था गरौं
नत्र हामी जल्न पाउँदैनौ
हाम्रो शरीर गनाउने छ
आज जलेनौ भने
भोलि नजिक कोहि आउने छैनन्
स्याल र गिद्धहरुले पालै पालो लुछ्नेछ्न्
जिउँदोमा मुखियाले लुछे
लासलाई गिद्द्ले र स्यालले

नाई नाई यो हुन सक्दैन
लौन उहाँलाई सलामी टक्राई दिउँ
घाटमा लामबद्ध लासहरु उठे
मलामीहरुले मन्च सजाए
फुलमालाले चितामाथि जब मुखियाको
लास उठ्यो सलामी खान
लासहरुले सलामी ठोके
मलामीहरु शीर नुहुराएर
स्वागतमा उभिए
सलामी सकिएपछि मुखिया
चितामा मुस्कुराएर सुते
मलामीहरु हेरेका हेर्यै भए १११


१ जेठ २०७८, शनिवार १२:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु