punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट कञ्चनपुरमा २ जनाको मृत्यु

Chaupati
safha napa

कोरोना संक्रमणबाट कञ्चनपुरमा २ जनाको मृत्यु भएको छ।

जिल्लाको महाकाली प्रादेशिक अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय पुरुष र वडा नम्बर ४ की ५० वर्षीया महिलाको सेती प्रदेशिक अस्पतालमा मृत्यु भएको हो ।

उनीहरु एक हप्ता अगाडी भारतको इन्दौरबाट फर्किएका पुरुषलाई गत बिहीवार अस्पताल भर्ना गरिएकोमा शुक्रबार उनको कोरोना रिपोर्ट आएको थियो।

त्यसपछि आईसियूमा राखेर उपचार गर्दा शुक्रबार दिउँसो १ बजेतिर उनको मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी गराए । उनीहरुको फोक्सोमा समस्या तथा अक्सिजनको मात्रा घटेको कारणले मृत्यु भएको उनले बताए।

यस्तैगरी संक्रमित महिलालाई बिहीबार उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा शुक्रबार उनीमा कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुुर डोटीका अनुसारसुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ।


११ वैशाख २०७८, शनिवार १९:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु