punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ४४ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिममा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १६२ नमूना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जना, टिकापुरका ३ जना, गोदावरीका ५ जना, गौरीगंगा नगरपालिकाका ३ जना, कैलालीको लम्कीचुहा नगरपालिकाका १ जना, जोशीपुरका २ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको उनले जानकारी गराए।

यस्तै कैलालीको भजनीका २ जना, कञ्चनपुरको बेदकोट नगरपालिकाका १ जना र कञ्चनपुरकै कृष्णपुरका ३ जनामा कोरोना संक्रमण कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।हाल अस्पतालमा ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।


९ वैशाख २०७८, बिहीवार १५:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु