punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अध्यक्ष ओली र नेपालबीच छलफल सुरु

Chaupati
safha napa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बार्ता सुरु भएको छ। बिहीबार केहीबेर अघि सुरु भएको सो छलफलमा पार्टी भित्र उत्पन्न समस्या समाधानका बिषयमा केन्द्रित हुने छ। मेरियट होटलमा सुरु भएको सो छलफलले निकास निस्कने पार्टीका नेता तथा कार्यकर्ताले अपेक्षा गरेका छन् ।

बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो र बिहीबार पुनः कुराकानी हुने भनिएको थियो । त्यसअनुसार दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।

बुधबार भएको भेटवार्तामा अध्यक्ष ओलीले पार्टीमा आएको उतारचढावबारे लामो कुराकानी गरेको भनिएको थियो । भेटसँगै दुई नेताबीचको लामो संवादहीनता तोडिएको भनिएको थियो, तर सहमतिको कुनै प्रस्ताव नआएको नेताहरूले बताएका थिए ।


९ वैशाख २०७८, बिहीवार १६:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु