punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाकिस्तानको एउटा होटलमा बम विस्फोट, कम्तीमा चार जनाको मृत्यु

Chaupati
safha napa

पाकिस्तानी क्वेटा शहरस्थित एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका गृह मन्त्री शेख रशीद अहमदले बताएका छन् । संवाददाताहरुका अनुसार होटेल सेरेनाको कार पार्किङ गर्ने इलाकामा उक्त आक्रमण भएको थियो । पाकिस्तानस्थित चिनियाँ राजदूत लक्षित गरी सो आक्रमण गरिएको आशङ्का गरिएको छ ।

चिनियाँ राजदूत अफगानिस्तानको सिमाना नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको सेरेना होटलमा बसेका थिए । तर विस्फोटका बेला उनी घटनास्थल क्षेत्रमा नरहनुभएको बताइएको छ । पाकिस्तानको क्वेटा शहरमा अवस्थित होटल सेरेना उच्च अधिकारीको रोजाइमा रहेको होटलको रुपमा रहेको बताइएको छ ।

पाकिस्तानी तालिबान लडाकू समूह यस आक्रमणको जिम्मेवारी लिएका छन् । उक्त समूह र अन्य लडाकू सङ्गठनहरुले पछिल्ला महिनाहरुमा अफगानिस्तानसँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् ।

बलुचिस्तानमा लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो । लडाकूहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् । त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन् । –सिन्ह्वा


९ वैशाख २०७८, बिहीवार १४:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु