punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा कुहिएको अवस्थामा फेला परेको महिलाको शवको सनाखत

Chaupati
safha napa

डोटीमा मंगलबार कुहिएको अवस्थामा फेला परेको महिलाको शवको सनाखत भएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ सिर्मामा बेवारिसे अवस्थामा भेटिएको शव आदर्श गाउँपालिका–१ बाँझककानी सालगाउँकी ४२ वर्षीय बसन्ती लुहारको रहेको हो ।

जिल्ला प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार फेला परेको शव मृतक महिलाका आफन्तले पहिचान गरेको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

घटना स्थलमा एउटा, चस्मा, झोला, सल र महिलाको सुनको गहना भेटिएको प्रहरीले जनाएको छ। मृत फेला परेकी महिला बैशाख २ गते घरबाट आँखाको उपचार गर्न भनि जिल्ला सदरमुकाम सिलगढी आएको र त्यही दिनबाट बेपत्ता भएको उनका आफन्त चक्र बिकले बताए।

अस्पताल आएकी उनी सदरमुकाम भन्दा धेरै टाढाको जङ्गलमा मृत भेटिनु शंकास्पद रहेकोले हत्या भएको हुनसक्ने उनले जानकारी गराए।

शव फेला परेको दिन मंगलबार ती महिलाको नम्बरमा फोन लागेको बिकले बताए। फोन उठाउने मान्छेले सो फोन कल दैलेख परेको र सिमकार्ड फालेको अवस्थामा बच्चाले फेला पारेर आफुलाई दिएको बताएका थिए। घटना शंकास्पद भएकाले थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ।


९ वैशाख २०७८, बिहीवार १४:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु