कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ
कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको साविकको परासन गाविसका वडा नम्बर १ च गाउँका ७६ वर्षीय मलाङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई घरमै लुकिछिपी रहेको अवस्थामा कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका प्रतिवादीले भैंसी किनेको पैसा नतिरेको विषयमा विवाद भई कुटपिट हुँदा ज्वाइँ नाता पर्ने लाम्जा तामाङको हत्या गरेका थिए। तामाङलाई २०३६ साल फागुन ८ गतेदेखि फरार थिए।
अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकिको थियो। पक्राउ गरेका उनलाई पुनस् अदालतले कारागार चलान गरेको छ।
३ चैत २०७७, मंगलवार १५:१६ बजे प्रकाशित































