भीरबाट लडेर एक पुरुषको मृत्यु
बझाङमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ६ का ३० वर्षिय जसबिरे धामीको भीरबाट लडेर मृत्यु भएको हो । उनी घर नजिकै मिस्त्रीको काम गर्दै आएका थिए । आईतबार कामबाट घर फर्किने बेला भीरबाट लडेको मृत्यु भएको स्थानियले बताए ।
३ चैत २०७७, मंगलवार १३:३३ बजे प्रकाशित































