राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा माधव नेपाल नजाने
राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ४ बजेको लागि बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नजाने भएका छन् । आफ्नो पक्षको भोलिको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा व्यस्त रहने भएकोले राष्ट्रपति भण्डारीले आज साँझ बोलाएको सर्वदलीय बैठकमा नेता नेपाल नसक्ने उनको सचिवालयले बताएको छ ।
यसैगरी एमालेकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि आफू उक्त बैठकमा नजाने स्पष्ट पारिसकेका छन् । उनले सर्वदलीय बैठकमा आफूहरुको के आवश्यकत्ता भन्दै राष्ट्रपतिले बोलाएको आजको बैठकमा आफू सहभागी नहुने जानकारी गराए ।
३ चैत २०७७, मंगलवार १५:४० बजे प्रकाशित































