कुखुरा फर्ममा आगलागी हुँदा १० लाख बराबरको क्षति
कैलालीमा एक ब्रोइलर कुखुरा फर्ममा आगलागी भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ चनौराको डिपलव कृषि पोल्टी फर्ममा आगो लागेको प्रहरीले जानकारी गराए।
मंगलबार बिहान ८ बजे विद्युत सर्ट भएर फर्ममा आगलागी भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।
२ सय साना ब्रोइलरका चल्ला र २० बोरा दानासहित ६८ फिटको फर्म जलेर नष्ट भएको उनले बताए । शिव भुलले सञ्चालन गरेको उक्त फर्ममा लागेको आगोका कारण झण्डै १० लाखको क्षति भएको प्रहरीले जनाएको छ।
३ चैत २०७७, मंगलवार १३:०७ बजे प्रकाशित































