punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोभिसिल्ड उत्पादन गर्ने कम्पनीको अर्को खोप लगाउन रोकियो, देखियो समस्या

Chaupati
safha napa

नेपालमा लगाइएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड नामक भ्याक्सिन उत्पादन गर्ने कम्पनीको अर्को भ्याक्सिन लगाउने रोकिएको छ ।

युरोपका तीन ठूला मुलुक जर्मनी, फ्रान्स र इटालीले पनि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेका कम्पनीले विकास गरेको कोरोनाभाइरसविरूद्धको खोप लगाउन रोकेका छन्।

अक्सफोर्ड(अष्ट्राजेनेकाको भ्याक्सिन भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ। सोही कम्पनीले उत्पादन गरिरहेको कोभिसिल्ड नामक भ्याक्सिन नेपालमा पनि लगाइएको छ।

खोप लगाएका केही मानिसहरूमा रक्तनलीमा रगत जम्ने समस्या देखिएको गुनासो आएको भन्दै यी मुलुकहरूले तत्कालका लागि यो खोप लगाउन रोकेका हुन्।

यसअघि युरोपका अन्य मुलुकहरूले यो खोपलाई केही समयका लागि रोकेका थिए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड-अष्ट्राजेनेकाले बनाएको भ्याक्सिनको सुरक्षाबारे मंगलबार विज्ञहरूसँग छलफल गर्न लागेको जनाएको छ। उसले देशहरूलाई कोरोनाविरूद्धको खोप अभियानलाई निरन्तरता दिइरहन पनि भनेको छ ।


३ चैत २०७७, मंगलवार ०८:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु