punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, एकैदिन २६ हजार बढी संक्रमित फेला

Chaupati
safha napa

छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फेरि बढेको छ । सोमबार एकैदिन २६ हजार २९१ नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा सन् २०२१ को सुरुवातदेखि निरन्तर घट्दो क्रममा रहेको कोरोना संक्रमण केही समययता निरन्तर बढिरहेको छ । फेब्रुअरीको मध्यमा भारतमा दैनिक करिब ९ हजार नयाँ संक्रमित भेटिएका थिए । तर, त्यसपछि भने संक्रमण पुनः बढ्न थालेको हो ।

एक साताअघिसम्म भारतमा दैनिक नयाँ संक्रमित करिब १५ हजार थिए । तर, एक सातामा भने यो संख्या करिब दोब्बर बढेको हो । आइतबार पनि भारतमा कोरोनाका २५ हजारभन्दा धेरै संक्रमित फेला परेका थिए ।

अहिले देखिएका नयाँ संक्रमितमध्ये आधाभन्दा धेरै महाराष्ट्रका छन् । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्र १६ हजार ६२० नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म भारतमा एक करोड १० लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने एक लाख ५८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

भारतका स्वास्थ्य अधिकारीहरुले कोरोना संक्रमणमा देखिएको वृद्धिले आश्चर्यमा पारेको बताएका छन् । उनीहरुका अनुसार भारतमा कोरोनाको नयाँ प्रकार (भेरियन्ट) फैलिएकाले यसले कोरोना संक्रमण नियन्त्रणको काम थप जटिल भएको हो ।

केही अधिकारीहरुले भने मानिसहरुले कोरोना नियन्त्रणको मापदण्ड पालना गर्न छाडेकाले संक्रमण बढ्न थालेको बताएका छन् । कोरोना नियन्त्रणको लागि अहिले भारतले कोरोना खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।


२ चैत २०७७, सोमवार १८:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु