punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस नेता जोशी फेरि भेन्टिलेटरमा, अझै होस् आएन

Chaupati
safha napa

पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा अझै सुधार आउन सकेको छैन । उनलाई शनिवारदेखि पुनः भेन्टिलेटरमा राखिएको छ ।

नर्भिक अस्पतालमा उपचाररत नेता जोशीलाई भेन्टिलेटर सर्पोटमा राखिँदै आएकामा श्‍वासप्रश्‍वास सामान्य बन्दै गएपछि भेन्टिलेटर हटाइएको थियो ।

भेन्टिलेटरबाट निकालेको २४ घण्टा पछि पुनः शनिवार बिहान एक्कासी समस्या भएर फेरि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न चिकित्सक डा. राजीव झाले जानकारी दिएका छन् । नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्था भने नर्मल नै रहेको डा। झाले बताए । नेता जोशीको अहिलेसम्म होश भने नआएको उनले बताए ।

मस्तिष्कघात भएर यही फागुन १४ गते राति मस्तिष्काघात भएर वीर अस्पताल पुर्‍याइएको र पछि उनलाइ चिकित्सकले नर्भिक अस्पताल रिफर गरेका थिए ।


२५ फागुन २०७७, मंगलवार १६:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु