punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप ५९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ हजार ७१५ पीसीआर परीक्षण गरिएको मध्ये मंगलवार ५९ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ । मंगलवार ६० संक्रमित निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।

मंगलवार कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ३ हजार १२ जनाले ज्यान गुमाएका छन् ।


२५ फागुन २०७७, मंगलवार १६:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु