punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा लागु औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको वेदकोट नगरपालिका–१० बस्ने २३ वर्षीय पुष्पमणी थापा र ३० वर्षीय महेश बिष्टलाई लागु औषधसहित प्रहरीले
पक्राउ गरेको हाे । 

दोधाराचाँदनी झोलुङ पुलबाट महेन्द्रनगरतर्फ आउने क्रममा से २ प ३० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २ दशमलव ४७ ग्राम खैरो हिरोईन र १ दशमलव १४ ग्राम चरेश सहित दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी  कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी गराए। 

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए । 
 


१४ फागुन २०७७, शुक्रवार ०७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु