अछाममा प्रधानमन्त्री ओलीको पुत्ला दहन
अछामको साँफेबगरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पत्ला दहन गरिको छ । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आज गरेको आम हड्तालका क्रममा ओलीको पुत्ला दहन गरिएको हो ।
हड्तालपछि साँफेबगरमा आयोजित विरोधसभामा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले प्रधानन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए ।
सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको थियो ।
२२ माघ २०७७, बिहीवार १७:४८ बजे प्रकाशित































