थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, डिस्चार्ज कति ?
नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक सय ७१ जनामा कोरोना पुष्टि भएको हो।
यससंगै संक्रमित हुनेको संख्या दुई लाख ७१ हजार ६ सय दुई पुगेको छ। पछिल्लो २४ घण्टामा २२७ जना निको भएर फर्किएका छन्। निको हुनेको संख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाले थप दुई जनाको मृत्यु भएको छ। यससंगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ३३ पुगेको छ।
२२ माघ २०७७, बिहीवार १७:१९ बजे प्रकाशित































