punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार गिरीमाथि भएको कुटपिटको घटनाप्रति महासंघको आपत्ति

Chaupati
safha napa

कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकार मदन गिरीमाथि प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गरेको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आपत्ति जनाएको छ।

महेन्द्रनगर बसपार्कस्थित चम्मन चोकमा रिपोटिङका क्रममा रहेका पत्रकार गिरीमाथि पूर्व मन्त्रीसमेत रहेका नेकपाका नेता उर्वादत्त पन्त र भीमदत्त नगरपालिकाका पूर्व मेयर ईश्वरीप्रसाद खरेललगायतका नेताले गरेको दुव्र्यवहार र कुटपिटप्रति महासंघले आपत्ति जनाएको हो ।

‘आमहड्तालका कारण दुःख पाएको भन्दै गुनासो गरिरहेका पैदलयात्रीसँग कुराकानी गरिरहेका बेला आन्दोलनमा संलग्न जिम्मेवार व्यक्तिबाटै पत्रकारमाथि भएको गालीगलौच र हातपातको घटना निन्दनीय छ,’ महासंघ प्रदेश समितिका महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

महासंघले विज्ञप्तिमार्फत दोषीलाई कानुनी कारवाही गर्न माग गरिएको छ।


२२ माघ २०७७, बिहीवार १६:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु