punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा रक्तदान,३० पिण्ट रगत सङ्कलन

Chaupati
safha napa

कञ्चन चिया उद्योगको पहिलो वार्षिक साधारण सभाको उपलक्ष्यमा धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । शनिवार धनगढी चौराहामा भएको रक्तदान कार्यक्रम ३० पिण्ट रगत सङ्कलन गरेका छन् ।

उद्योग सञ्चालिका प्रमीला भण्डारीका अनुसार रगतको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरेका हुन । कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई उनले धन्यवाद दिइन् ।

रक्तदान जस्तो पुण्य कार्य गरेकोमा वडा नम्बर ३ का वडाध्यक्ष बल बहादुर ऐरले प्रसन्नता गरे । रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए।  उनले रगत दान दिए सँगै सुरु भएको कार्यक्रम उनकी छोरी रगत दान गरेर समापन गरेकी थिइन् ।


१० माघ २०७७, शनिवार १८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु