punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा मिनीट्रकमा आगजनी

Chaupati
safha napa

दार्चुलामा एक मिनीट्रकमा आगजनी गरिएको छ। शनिबार जिल्लाको सदरमुकामतर्फ गइरहेको सुपप्र ००१ क १५४८ नम्बरको मिनीट्रकमा जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नक्तडमा आगजनी गरिएको हो।

नेकपा विप्लव समूहको नेपाल बन्द आव्हान भएकाले प्रहरीले स्कटिङमा गाडीलाई लगिरहेको मिनीट्रकमा आगजनी गरिएको छ । तर उक्त ट्रक चालकले गोकुले चेक प्वाइन्टमा आफु नजिकै जाने भनेर ढाँटेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पुष्कर ऐरीका अनुसार नजिकै जाने भनेर चेक प्वाइन्ट पार गरेको उक्त ट्रक दार्चुला सदरमुकामबाट ६५ किलोमिटर टाढा आगजनी भएको अवस्थामा फेला परेको छ ।

‘ट्रक चालकले चेक प्वाइन्टमा नजिकै जाने भनेर ढाँटे र घटनाबारे पनि जानकारी गराएरको उनले बताए । हामीलाई एक एम्बुलेन्स चालकले आगजनीबारे खबर गरेका थिए। सोही कारण घटना शंकास्पद भएकाले हामीले ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।


१० माघ २०७७, शनिवार १८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु