punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

 २ विद्यार्थीलाई सशस्त्रले निःशुल्क पढाउने

Chaupati
safha napa

दार्चुलाको सीमावर्ती गाउँ छाङरु र तिंकरका २ विपन्न विद्यार्थीलाई सशस्त्र प्रहरी बल (एपीएफ) ले निःशुल्क पढाउने भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले वर्षनी २ विद्यार्थीलाई १२ कक्षासम्म निःशुल्क पढाउने घोषणा गरेका हुन्।

सीमा क्षेत्रका नागरिकलाई देशभक्तिमा अभिप्रेरित गर्ने उद्देश्यले निःशुल्क अध्ययनको व्यवस्था गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआइजी राजु अर्यालले जानकारी गराए।

विद्यार्थी छनोट प्रमुख जिल्ला अधिकारी र सशस्त्रका जिल्ला कमाण्डरसहितको समितिले सिफारिस गरेअनुसार हुने उनले जानकारी गराए।


१० माघ २०७७, शनिवार १४:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु