punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाविरुद्ध खोप लगाउन सातै प्रदेशमा संयोजक तोकियो, सुदूरपश्चिममा पौडेललाई जिम्मेवारी

Chaupati
safha napa

सरकारले सातै प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियानका लागि संयोजक तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानको लागि सरल र सहज होस् भन्नका लागि मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखहरूलाई जिम्मेवारीसहित संयोजक तोकेको छ।

प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहयोग गर्न संघीय मन्त्रालयले संयोजक तोकेको हो। प्रदेश एकमा स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेल, प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा मदनकुमार उपाध्याय, बागमती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी रहेका छन्।

त्यस्तै, गण्डकी प्रदेशमा मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेललाई संयोजकको जिम्मेवारी तोकिएको बताइएको छ।

मन्त्रालयका अनुसार संयोजकहरूले प्रदेशमा खोप लिएर जाने र प्रदेश स्वास्थ्य निर्देशनालयसँग सहकार्य गर्दै खोप अभियानबारे केन्द्रसँग समन्वय गर्नेछन्। यस्तै हरेक प्रदेशमा संयोजकबाहेक अरू २ जना स्वास्थ्यकर्मीसमेत जाने बताइएको छ।

गत बिहीबार भारत सरकारले भारतको सिरम कम्पनीले उपत्पादन गरेको कोभिडसिल्ड खोप १० लाख डोज अनुदानस्वरूप प्रदान गरेको थियो। यता, प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन्। मन्त्रालय यतिबेला खोप अभियान र त्यसअघि सम्पन्न गर्नुपर्ने अन्‍य विभिन्‍न तालिम लगायतका बाँकी काममा जुटेको छ।


१० माघ २०७७, शनिवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु