काठमाडौँका लागि छुटेको बसमा आगजनी

मकवानपुरमा अज्ञात समूहले यात्रुबहाक बसमा आगजनी गरेको छ । इन्द्रसरोवार गाउँपालिका वडा नम्बर ४ मा गाडीमा आगजनी गरेको हो ।
हेटौंडाबाट काठमाडौँका लागि छुटेको बा१३च७९६९ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मकवानपुर प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरका अनुसार शनिबार बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर बसमा आगोलागी भएको छ ।
आगजनी गर्ने समूह नेकपा विप्लव समूहका कार्यकर्ता रहेको शंका गरिएको उनले बताए ।
१० माघ २०७७, शनिवार १३:५९ बजे प्रकाशित