भजनीमा तीन दिन सार्वजनिक बिदा
कैलालीको भजनीमा बुधवारदेखि तीन दिनसम्म सार्वजनिक बिदा दिइएको छ ।
थारु समुदायको महान् पर्वका रूपमा रहेको माघीको अवसरमा माघ २ गतेसम्म नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । योसँगै माघीमा लागि लगातार ३ दिन बिदा हुने भएको छ ।
२९ पुसमा सुदूरपश्चिम सरकारले भुवा पर्वको अवसरमा यस अघि नै सार्वजनिक दिएको बिदा दिने निर्णय गरिसकेको छ।
माघ १ गते सङ्घीय सरकारले दिएको बिदा र माघ २ गते नगरपालिकाले दिएको बिदा गरी ३ दिन सार्वजनिक बिदा परेको हो।
२९ पुस २०७७, बुधवार १४:३७ बजे प्रकाशित































