कञ्चनपुरबाट लागु औषधसहित तीन जना पक्राउ

कञ्चनपुरबाट लागु औषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिकाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
१४ ग्राम ४ सय २० मिलीग्राम लागु औषध खैरो हिरोइनसहित नगरपालिकाको वडा नम्बर १८ बस्ने २५ वर्षीय नरेश दमाई र खैरो हिरइन जस्तो पदार्थ ३ ग्राम २ सय ४० मिली ग्राम सहित अन्य दुई जनालाई पक्राउ गरिएको हो ।
प्रहरीकाअनुसार दमाइलाई बैतडीको दशरथ चन्द नगरपालिका–४ का बासिन्दा हुन् । उनीहरु तीनै जनालाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुरथापाले बताए। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२९ पुस २०७७, बुधवार १४:११ बजे प्रकाशित