punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्लाको शिखर नगरपालिका– ८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा शिखर ३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो ।

दुर्घटनामा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिश गरिएको तथा दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए । अटोमा सात जना सवार रहेको बताइएको छ ।


२९ पुस २०७७, बुधवार १४:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु