थप ३ सय ६२ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु
पछिल्लो २४ घन्टामा देशभर थप ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म मुलुकभर कूल २ लाख ६४ हजार ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये २ लाख ५७ हजार ९ सय २८ जना संक्रमित निको भइसकेका छन् । शनिवार मात्रै ६ सय ९९ जना संक्रमित निको भएका छन् । मुलुकभर हालसम्म ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार, शनिवार तीन जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।
२५ पुस २०७७, शनिवार १६:१४ बजे प्रकाशित































