प्रधानमन्त्री ओलीविरुद्ध धनगढीमा जसपाद्वारा विरोध प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जनता समाजबादी पार्टी नेपालले शनिबार धनगढीमा प्रदर्शन गरेको छ ।
निरंकुश प्रधानमन्त्री मुर्दाबाद, संवैधाकि मूल्यमान्यताको रक्षा गर, टीकापुर राजबन्दीको रिहाई गरलगायतका नारा लगाउँदै जसपाले विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनपछि क्याम्पस रोडमा विरोध कार्यक्रमसमेत आयोजना गरिको छ ।
२५ पुस २०७७, शनिवार १६:०६ बजे प्रकाशित































