एलपीएलको मुख्य प्रायोजक बन्यो चण्डिका ग्रुप

फागुन १५ गतेदेखि २४ गतेसम्म धनगढीमा हुने एलपीएलको पाँचौ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका ग्रुप हुने भएको छ ।
फागुन तेस्रो साता धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करणमा चण्डिका ग्रुपसँग मुख्य प्रायोजकको रुपमा सम्झौता गरिएको हो । लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्को आयोजनामा हुने प्रतियोगिताको प्रायोजन सम्झौता भएको छ ।
आयोजकका तर्फबाट संस्थापक रामचन्द्र शाही र ओएसीस कलेज अफ होटेल म्यानेजमेन्टको तर्फबाट निर्देशक रमेश विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । ओएसिस कलेज अफ होटेल म्यानेजमेन्टले पछिल्लो चार बर्षदेखि धनगढीमा होटेल म्यानेजमेन्टको अध्यापन गराउँदै आएको छ ।
धनगढी चटकपुरमा रहेको होटेल फ्लोराको पछाडितर रहेको भवनसँगै रहेको कलेजले सिटीईभिटीबाट मान्यता लिएर होटेल म्यानेजमेन्टका डिप्लोमा कोर्षहरु अध्यापन गराउँदै आएको छ । अध्यापनको साथै प्राविधिक सहयोग र रोजगारीका लागि पनि विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ ।
२५ पुस २०७७, शनिवार १६:२२ बजे प्रकाशित