punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एलपीएलको मुख्य प्रायोजक बन्यो चण्डिका ग्रुप

Chaupati
safha napa

फागुन १५ गतेदेखि २४ गतेसम्म धनगढीमा हुने एलपीएलको पाँचौ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका ग्रुप हुने भएको छ ।

फागुन तेस्रो साता धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करणमा चण्डिका ग्रुपसँग मुख्य प्रायोजकको रुपमा सम्झौता गरिएको हो ।  लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्को आयोजनामा हुने प्रतियोगिताको प्रायोजन सम्झौता भएको छ ।

आयोजकका तर्फबाट संस्थापक रामचन्द्र शाही र ओएसीस कलेज अफ होटेल म्यानेजमेन्टको तर्फबाट निर्देशक रमेश विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । ओएसिस कलेज अफ होटेल म्यानेजमेन्टले पछिल्लो चार बर्षदेखि धनगढीमा होटेल म्यानेजमेन्टको अध्यापन गराउँदै आएको छ ।

धनगढी चटकपुरमा रहेको होटेल फ्लोराको पछाडितर रहेको भवनसँगै रहेको कलेजले सिटीईभिटीबाट मान्यता लिएर होटेल म्यानेजमेन्टका डिप्लोमा कोर्षहरु अध्यापन गराउँदै आएको छ । अध्यापनको साथै प्राविधिक सहयोग र रोजगारीका लागि पनि विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ ।


२५ पुस २०७७, शनिवार १६:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु