कोरोना भाइरसबाट अछाममा एक पुरुषको मृत्यु
कोरोनाभाइरसबाट अछाममा एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला अस्पताल अछाममा उपचाररत साँफेबगर नगरपालिकावडा नमबर ४, मष्टामाण्डौका ७४ वर्षिय कोरोनाभाइरस संक्रमित पुरुषको मृत्यु भएको हो ।
पुष ६ गतेदेखि जिल्ला अस्पताल अछाममा उपचाररत रहेका उनको बुधबार राति साढे ११ बजेतिर मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज बिष्टले जानकारी दिए ।
कमलबजार प्रयोगशालामा परिक्षण गरिएकोमा पुष ६ गते उनको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए ।
कोरोना परिक्षणका लागि पुष २ गते स्वाब लिइएको सूचना अधिकारी बिष्टले जानकारी दिए । योसंगै अछाम जिल्लामा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
९ पुस २०७७, बिहीवार १३:३० बजे प्रकाशित































