punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति भण्डारीद्वारा सपथ ग्रहरण गर्दै नव नियुक्त राजदूत खतिवडा

Chaupati
safha napa

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि राजदूत नियुक्त भएका युवराज खतिवडालाई आज सपथ ग्रहण गराएकी छिन्। राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा भण्डारीले खतिवडालाई सपथ ग्रहण गराएकी हुन्।

मंगलबार राष्ट्रपति भण्डारीले खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन्। नेपालको संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

यसअघि सरकारले पूर्वअर्थमन्त्री खतिवडालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि प्रधानमन्त्री केपी ओलीले उनलाई अर्थमन्त्रीमा निरन्तरता दिएका थिए। ६ महिना त्यसरी मन्त्री बनेर आर्थिक वर्ष २०७७÷०७८ को बजेट ल्याएका खतिवडाले भदौ २० गते  अर्थमन्त्रीको पदबाट राजीनामा गरेका हुन।


९ पुस २०७७, बिहीवार १३:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु