punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सभामुखलाई जसपाको आग्रह संसद बैठक आह्वान गर्नुस्

Chaupati
safha napa

जनता समाजवादी पार्टीका नेताहरुले सभामुख अग्नि सापकोटालाई भेटेर संसद बैठक आह्वान गर्न आग्रह गरेका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणी बैठकको निर्णयअनुसार संसद बैठक बोलाउन जसपा नेताहरुले सभामुख सापकोटालाई आग्रह गरेका हुन् । विहीबार सभामुख सापकोटालाई जसपाका शीर्ष नेताहरुले भेट गर्दै संसद जीवितै रहेको भन्दै बैठक बोलाउन आग्रह गरेको जसपा युवा नेता विश्वदीप पाण्डेले बताए ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक आह्वान गर्न आग्रह गर्दै जसपा नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण सभामुख अग्नि सापकोटालाई सिंहदरबारमा भेट गरेको थिए ।

प्रतिनिधिसभा अहिले पनि जीवितै छ, त्यसकारणले हामीले सभामुखलाई प्रतिनिधिसभाको बैठक सुरु गर्न आह्वान गरेको जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईको भनाईं उद्धृत गर्दै पाण्डेले भने ।

बुधबार सभामुख सापकोटाले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै एक विज्ञप्ति जारी गरेका थिए ।


९ पुस २०७७, बिहीवार १३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु